दार्चुला । दार्चुलामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ७ पासादेउका ५८ वर्षीय केशरसिंह धामी पक्राउ परेका हुन् । उनी एक थान भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
प्रहरीले विशेष सूचनाको आधारमा धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेका धामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय