दार्चुला । दार्चुलामा घरपालुवा पशुहरुमा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ । लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लामा अहिले सम्म लम्पी स्कीनका कारण ८ हजार २ सय बढी संक्रमित भएको र २ सय ५३ पुशुचौपाया मरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ।

अहिले जिल्ला भरी ८ हजार २१ पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ। केही समय अघि देखि संक्रमण फैलिएको यो रोग अहिले जिल्लाका सबै सजो स्थानीय तहमा प्रकोपको रुपमा फैलिएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी ३ हजार पशुचौपायामा लम्पी स्कीन रोगको संक्रमण भएको छ। शैल्यशिखरमा हाल सम्म ४० पशुचौपाया मरेका छन । यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा २ हजार ५ सय पशुचौपाया बिरामी परेका छन् भने १५ पशुचौपाया मरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

यस्तै दुहुँ गाउँपालिकामा लम्पीस्कीनबाट ८ सय १६ पशुचौपाया बिरामी परेका छन् भने ७७ पशुचौपाया मरेका छन् । मार्मा गाउँपालिकामा ६ सय शुचौपायामा संक्रमण भएको छ, भने ६२ पशुचौया मरेका छन ।

त्यस्तै लेकम गाउँपालिकामा ६ सय मा संक्रमण भएको र १३ वटा पशुचौपाया मरेका छन। महाकाली नगरपालिकामा ३ सय ९८ मा संक्रमण र ३३ पशुचौपाया मरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

त्यस्तै नौगाड गाउँपालिकामा २ सय पशुचौपायामा संक्रमण भएको र ८ पशुचौपाया मरेका छन। व्याँस गाउँपालिकामा एक सय मा संक्रमण र २ पशुचौपाया मरेको कार्यालयले जनाएको छ। त्यस्तै अपिहिमाल गाउँपालिकामा ६० पशुचौपायामा संक्रमण र ३ पशुचौपाया मरेका छन ।

लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने,खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन् ।

लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको पशु प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय