दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार नगद सहित पुरष्कार दिने भएको छ । गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोगमा ल्याउने भन्दै उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार नगदसहित पुरस्कृत गर्ने दुहुँ गाउँपालिकाका सुचना अधिकारी विरेन्द्र राज जोशीले जानकारी दिए ।

गाउँपालिका भित्रका ऐतिहासिक, सामाजिक, धार्मिक लगायत पर्यटकीय स्थल झल्कने गरी लोगो निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। गत बैशाख २६ गते पहिलो पटक पालिकाको तर्फबाट एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउने इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न भनिएको थियो । तर हाल सम्म उक्त सुचना मार्फत कुनै पनि व्यक्ति तथा कम्पनीले लोगो निर्माणका लागि प्रस्ताव पेश नगरेको सुचना अधिकारी जोशीले बताउनुभयो । गाउँपालिकाले पुन दोस्रो पटक सुचना प्रकाशित गर्ने जनाएको छ । उक्त सुचनाको म्याद १५ दिनको राखिने छ।

लोगो निर्माण गरी गाउँपालिकाको इमेल ठेगानामा पठाउन सकिने छ। पेश भएका मध्ये उत्कृष्ट लोगोलाई छनौट गरी पालिकामा प्रयोग गरिने छ, भने लोगो बनाउने व्यक्तिालाई ३० हजार नगद सहित पुरस्कृत गर्ने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय