दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जेठ ७ गते सम्म उजुरी दिन सकिने जनाएको छ ।

नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । भए सम्मका सबुद प्रमाण संलग्न व्यहोरा खुलाई अनलाइन बाट वा कार्यालयमै उपस्थित भएर उजुरी दिन सकिने प्रशासन कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ। मिटर व्याज पिडितहरुको लागी आवेदन फाराम जिल्ला प्रशासन कार्यालयमा निशुल्क पाइने मिडितको फाराम भर्नको लागी कर्मचारीको समेत व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ ।
मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय