दार्चुला । दार्चुलामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरी ले जनाएको छ।

प्रहरी टोलीले उक्त लासलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको र लासको हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ। मृतक अन्दाजी ३०÷३५ वर्षीय रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय