दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका १ भोलुममा गएको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ । बुधबार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकामा आज छिमीको शव फेला पारेको हो । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो । यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय