दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको  लटिनाथ आधारभुत विद्यालय खोलिचौरामा तालाबन्दी गरिएको छ । कक्षा ८ सम्म पढाई हुने विलयमाको मालिकार्जुन गाउँपालिकाले तह घटाए पछि अभिभावकले विरोध जनाउदै विद्यायमा तालाबन्दी गरेका हुन ।

२०४४ सालमा स्थापना भएको विद्यालयमा २०६२ साल देखि कक्षा ८ सम्मको पढाई हुदै आएको थियो । गाउँपालिकाले नयाँ निति बनाएर विद्यालयको तह घटाएको भन्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितीलाई जानकारी समेत नदिई विद्यालयको तह घटाएको भन्दै विद्यालय व्यवस्थापन समितीका पदाधिकारीले समेत सयुक्त राजिनामा दिएका छन। गाउँपालिकाले ६ देखि ८ कक्षा सम्म कम्तीमा ३० जना विद्यार्थी नभए विद्यालयको तह घटाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार विद्यालयको तह घटाएको गाउँपालिकाले जनाएको छ ।

उक्त विद्यालयमा ६ देखि ८ कक्षा सम्म २८ जना विद्यार्थी अध्यनरत रहेका छन । २ जना विद्यार्थी मात्रै अपुग भएको अवस्थामा विद्यालयको तह घटाउनु उचित नभएको स्थानीयहरुको तर्क छ। गाउँपालिकाको निति अनुसार २ जना विद्यार्थी मात्रै अपुग छन, विद्यालय व्यवस्थापन समितीलाई जानकारी समेत नगरि विद्यालयको तह घटाइएछ, तह घटाउदा विद्यार्थी समस्यामा परे । यहाँ बाट अर्काे विद्यालय भनेको शंकरपुर मा.वि. पस्ती जानुपर्ने अवस्था छ, साना बालबालिकालाई अर्काे विद्यालय सम्म पुग्न समस्या हुन्छ स्थानीय अभिभावक प्रकाश सिंह धामीले भन्नुभयो ।

स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समिती संग समन्वय र छलफल गरेर निर्णय गनुपर्ने भए पनि गाउँपालिकाले विद्यार्थीको समस्या नबुझी आफु अनुकुल निर्णय गरेको उहाँले बतानुभयो ।

२०६२ साल देखि अहिले सम्म विद्यालय चलि रहेकै थियो । अहिले सरकारले विद्यार्थी कम भए भन्दै विद्यालयको तह घटायो, तह घटाउनु भन्दा विद्यार्थी के कारणले कम भए त्यसको कारण खोज्नु पर्छ स्थानीय देव धामीले भन्नुभयो ।

लगातार विद्यालयमा विद्यार्थीको संख्या घटीरहेको बेला गाउँपालिकाले त्यसको कारण खोज्नुको साटो विद्यालय नै हटाउनु उपयुक्त नभएको उहाँले बताउनुभयो । विद्यार्थी कम हुदैमा विद्यालय बन्द गर्ने भए तल्लो कक्षाहरुमा पनि विद्यार्थी कम छन, ति कक्षा पनि बन्द गर्नुपर्यो । विद्यालयको शैक्षिक अवस्था विद्याथी कम हुनुको मुख्य कारण हो, शैक्षिक अवस्था सुधार गर्न नसके पछि गाउँपालिकाले विद्यालय नै हटाउने निर्णय गर्नु कतिको उपयुक्त हुन्छ उहाँले प्रश्न गर्नुभयो ।

विद्यालय तह घटाएको बारे गाउँपालिका संग पटक पटक छलफल गर्न खोजे पनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले चासो नदेखाएको उहाँले बताउनुभयो । बैशाख २१ गते नै गाउँपालिकालाई तह नघटाउन आग्रह सहित छलफलको लागी पत्र दिदा समेत गाउँपालिकाले कुनै सुनुवाइ नगरेको उहाँले जानकारी दिनुभयो।

विद्यार्थीको समस्या नै नबुझी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले विद्यालयको तह घटाएको प्रती उहाँले आपत्ती जनाउनुभयो । गाउँपालिकाले अरुले घोडा चडेको देखेर आफु पनि धुरी चड्न खोजेको अभिभावक हरुले ओरोप लगाएका छन । अन्य स्थानीय तहले विद्यालय मर्ज गर्दा भौगोलीक अवस्था, बाटोको व्यवस्था लगायतका कुरालाई ध्यान दिएर गरिरहेको भए पनि मालिकार्जुन गाउँपालिकाले भौगोलिक अवस्थाको विषयमा ध्यान नदिएरै कार्यालयमै बसि आफुुखुसी निणर्य गर्दा बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको अभिभावक देव धामीको भनाई छ।

गाउँपालिको शिक्षा क्षेत्र सुधारको लागी गरेका कतिपय निर्णय विवादिद भएका छन। यस अघि पनि गाउँपालिकाले प्रकाशन गरेको कक्षा ८ को नतिलाई लिएर गाउँपालिकाको चर्काे आलोलना भएको थियो । पहिलो पटक गाउँपालिकाले प्रकाशन गरेको नतिजामा फेल भएका विद्यार्थीले असन्तुष्टी जनाउदै पुन परिक्षण गराए पछि कक्षा प्रथम भएका थिए । गाउँपालिकाले हचुवाको भरमा निर्णय गर्ने गरेको कारण विद्यार्थी र अभिभावक समस्यामा पर्ने गरेका छन । सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम भएको कारण विद्यालय मर्ज गर्नुभन्दा विद्यार्थी संख्या कम हुनुको कारण खोज्नुपर्ने स्थानीय अभिभावकहरुको भनाई छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय