दार्चुला । दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको शव सदरमुकाम खलंग पुगाइएको छ। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा गएको मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव भारतीय भूमि हुँदै दार्चुला सदरमुकाम खलंगा पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

हिजो भारतको गब्र्याङ् भन्ने ठाउँमा पहिरोले सडक अबरुद्ध भएकोले शवहरु आज सदुरमुकाम पुगेको उहाँले बताउनुभयो । अहिले शवहरु जिल्ला अस्पताल दार्चुलामा राखिएको र भोली विहान परिक्षण गरि आफ्न्तहरुलाई बुझाइने सिंहले बतानुभयो ।

आज अबेर शवहरु खलगां पुगेको भोली परिक्षण गरिने उहाँले जानकारी दिनुभयो । मंगलबारको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको थियो । बुधबार फेला परेका तीनै शवको सनाखत भइसकेको छ ।

भिरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको हो । कमला र प्रवीण आमा–छोरा हुन् । मृतकहरुका आफ्न्त पनि सदरमुकाम खलंगामा पुगेकाले भोली परिक्षण पछि शव आफन्तहरुलाई बुझाइने उहाँले बताउनुभयो ।

हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।

मंगलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय