दार्चुला । प्रि मनसुनको समयमा मेघगर्जन र चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम हुने मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समयमा छोटो समयमा नै एकै पटक ठूलो पानी पर्ने भएकाले पहिरो र हिमपहिरोको जोखिम हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

प्रि मनसुनका बेला बिहान र दिउँसो घाम चर्किने र बेलुकी पख हावाहुरी र चट्याङसहित ठूलो वर्षा हुने हुन्छ । गर्मीमा हिउँ पग्लिने र वर्षा भए पछि पहिरो बनेर खस्ने उहाँले बताउनुभयो । वर्षा नभए पनि गर्मीका कारण हिमपहिरोको खतरा भने हुने मौमसविद् मानन्धरले बताउनुभयो । यस्तै, प्रि मनसुनमा पहाडी क्षेत्रमा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ । धेरैजसो मनसुनका बेलामा पहिरो जाने भए पनि प्रि मनसुनमा पनि जोखिक उत्तिकै हुने उहाँले बताउनुभयो ।

दिनभरि तातिएको जमिनमा बेलुका वर्षा भएपछि पहिरो जाने सम्भावना रहने मौसमविद्को भनाई छ । केही दिन यता हिमाली र पहाडी जिल्लाका धेरै ठाउँमा लगातार पानी परिरहेकाले पहिरोको जोखिम उच्च छ । बर्खामा पर्ने पानीको अनुमान गर्न सकिने भए पनि बर्खा अघिको अवधि प्रि मनसुनमा अनुमान गर्न कठिन हुने पनि मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि मनसुनमा स्थानीय वायुको प्रणाली बनेर एकै छिनमा पानी पर्ने हुन्छ । यसमा पश्चिमी वायु पनि मिसिए झन् ठूलो वर्षा हुन सक्छ । त्यसैले यस्तो बेला पर्वतारोहण र यार्सासंकलन गर्न जाँदा तथा यात्रामा निस्कदा र खेतबारीको काममा जाँदा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यसैबीच, अहिले पनि केही पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेको छ । आज काठमाण्डौसहित धेरै पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय