दार्चुला । दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–१ भोलुम भन्ने ठाउँमा हिमपहिरो जाँदा पाँच जना यार्सा सङ्कलक पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

हिमपहिरोमा परेर यार्सा सङ्कलक बेपत्ता भएको खबर आएपछि सितापुल प्रहरी चौकीबाट गएको प्रहरी टोली तीनरचार घण्टापछि केहीबेरअघि मात्र घटनास्थल पुगेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । १२ जना यार्सा सङ्कलक पालमुनि बसेको बेला एक्कासी हिमपहिरो आउँदा सात जना भने सकुशल रहेका उहाँले जानकारी दिनुभयो । बेपत्ता पाँच जनाको खोजी भइरहेको छ ।

घटनास्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरूको खोजीमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । सकुशल भेटिएकाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय