दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका वडा –४ सुन्सेरा क्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना हुने भएको छ । सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सिमा क्षेत्र सुन्सेरामा नयाँ विओपी स्थापना हुने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । यसका लागि गृहमन्त्रालयले स्वकृती समेत दिइसकेको बताइएको छ । तर स्थापना कहिले गर्ने भन्नेबारे जानकारी प्राप्त नभएको एक सुरक्षाकर्मीले बताएका छन ।

सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील क्षेत्रमा बिओपी थप्न लागिएको ति सुरक्षाकर्मीले बताएका छन । यस्तै जिल्लाको तिंकरमा समेत केही सयमपछि सशस्त्र प्रहरीको विओपी स्थापना हुने भएको छ ।यस क्षेत्रमा भने तत्काल विओप स्थापना गर्न गहृमन्त्रालयले स्वकृती दिएको छैन । हाल जिल्लामा ४ वटा ठाउँमा सशस्त्र प्रहरीका विओपीहरु स्थापना भएका छन । जिल्लाको लाली, ,जोलजिवी,दत्तु र दुम्लिङ क्षेत्रमा विओपी स्थापना भएर सशस्त्र प्रहरीले सिमा सुरक्षा गरिरहेको छ भने जिल्लाको छाङरुमा सशस्त्र प्रहरीको गुल्मनै स्थापना गरेर सुरक्षा दिइरहेको छ ।

सुरक्षा स्रोतका अनुसार केहीदिन पछि सुन्सेरा र जिल्ला प्रशासन कार्यालय दार्चुलाको नयाँ भवन उद्घाटनको लागि नेपाल सरकारका गृहमन्त्री समेत दार्चुला आउने कार्यक्रम रहेको बताइएको छ । भारतसंगको सिमानामा स्थापना हुने बिओपीले सिमा अपराध, चोरी तस्करी नियन्त्रण हुने अपेक्षा लिइएको सुरक्षा स्रोतले जनाएको छ । जिल्लामा स्थापना भएका नयाँ विओपीहरुमा साधन स्रोतको भने कमी रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय