साउथ वेस्टर्न शैक्षिक अनुसन्धान केन्द्र एउटा गैर नाफामुखी संस्था हो जुन बिगत केहि समय देखि नेपालमा शिक्षा क्षेत्रलाई अनुसन्धानमुखी बनाउन निरन्तर प्रयासरत रहेको छ। हाल नेपालमा माध्यमिक तहका विद्यार्थीहरुमा अनुसन्धानात्मक चिन्तन बिकास गर्नकै निम्ति भनेर कुनै पनि कार्यक्रम संचालनमा रहेका छैनन्। यसका साथै कुनै पनि विधार्थीले माध्यमिक तहमा रहँदा कुनै अनुसन्धान गर्नु पर्यो भने पनि उसले निकै कठिन परस्थितिहरुको सामना गर्नु पर्ने हुन्छ। उचित परामर्श तथा निर्देशनको अभाव, प्रयोगशालाको अनुपलब्धता र सहकर्मी समिक्षाको अभाव यसका केहि उदाहरणहरु हुन्। यिनै समस्याहरुलाई मध्यनजर गर्दै साउथ वेस्टर्न शैक्षिक अनुसन्धान केन्द्रले माध्यामिक विद्यालय अनुसन्धान अवसर कार्यक्रम संचालन गर्ने जमर्को गरेको छ।

यस कार्यक्रमद्वारा हाल माध्यमिक तहमा रहेका अथवा स्नातकोत्तर तहमा नामांकन नभएका विद्यार्थीहरुले आफ्नो रुची अनुसार अनुसन्धानमा सहभागी हुनेछन्। यस कार्यक्रमबाट एक हजार भन्दा बढी विद्यार्थीहरु लाभान्वित हुनेछन् । यस कार्यक्रममा सहभागी हुनलाई विद्यार्थीहरुले आफुले इच्छा लागेको शिर्षक राखेर संस्थामा इमेल मार्फत आवेदन दिन सक्नेछन्। यस कार्यक्रम अन्तर्गत विज्ञान र प्रविधि, व्यवस्थापन, अर्थशास्त्र, राजनीतिशास्त्र, कानुन, इतिहास, पत्रकारिता, व्यवसाय, समाजशास्त्र र दर्शनशास्त्र लगायत सबै विधाहरुमा अनुसन्धान गराइनेछ। काठमाडौँका विधार्थीमा मात्र सिमित नभई यस कार्यक्रमबाट नेपाल अधिराज्यभर उल्लिखित तहका विद्यार्थीहरु लाभान्वित हुनेछन्। यस कार्यक्रम अन्तर्गत विधार्थीहरुलाई विभिन्न विधामा विशेषज्ञता रहेका युवा पेशेवर, पेशेवरहरू तथा ख्यातिप्राप्त व्यक्तिहरुबाट तालिम प्रदान गरिनेछ। यसका साथै विद्यार्थीहरुलाई आवश्यक पर्ने अनुसन्धान प्रयोगशाला तथा उपकरणहरू विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरेर यस संस्थाबाट नै उपलब्ध गराइने छ ।

यस कार्यक्रम अन्तर्गत तयार गरिएपश्चात अनुसन्धान पत्रलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान पत्रिकाहरुमा प्रकाशित गरिने छ। बर्ष भरि भएका अनुसन्धानहरुलाई उचित मंच प्रदान गर्नका निमित्त वार्षिक अनुसन्धान शिखर सम्मेलन समेत आयोजना गरिनेछ। नेपाली समाजमा परम्परागत शिक्षाप्रणालीका त्रुटिहरु उगाजर गर्दै अनुसन्धानात्मक चिन्तनको विकास गर्न यस कार्यक्रमले उल्लेख्य भूमिका खेल्नेछ । यस कार्यक्रमबाट नेपाली विद्यार्थीहरुलाई अन्तराष्ट्रिय जगतमा उभिन र भविष्य प्रतिरोधीबन्न सहयोग मिल्नेछ।

पुष्कर सिंह धामी ९ संयोजक ०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय