दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको व्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

शनिवार दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका बताइएको छ।

जिल्ला पहरी कार्यालय दार्चुलाले भने घट्नाको पुष्टि गरेको छैन । “तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर सुन्नमा आएको छ, दुम्लिङबाट प्रहरी टोली घट्ना स्थलमा पठाएका छौ । थप जानकारी आएको छैन ।” जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक जगतगाहाँ मगरले भन्नुभयो । यस अघि पनि गत पुषमा तुइन तर्ने क्रममा तुइनबाट खसेर व्यास गाउँपालिका वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय