दार्चुला। शैक्षिक सत्रको सुरुवातमै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु खुशी देखिएका छन् । गत विगतका बर्षहरुमा विना पुस्त परिक्षा दिएका यहाँका विद्यार्थी यो बर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पाउँदा खुशी भएका हुन ।

शैक्षिक सत्रको सुरुवातमै भर्ना भए संगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मिलमीलीमा अध्यनर छात्रा निशा धामीले बताउनुभयो।

गत बर्ष विना पुस्तक नै बार्षिक परिक्षा दिएका थियौ यो बर्ष भर्ना भए संगै नयाँ पुस्तक पाइयो, पढ्नलाई सहज हुन्छू उहाँले भन्नुभयो । गत बर्ष शैक्षिक सत्रको अन्तीम सम्म समेत पुस्तक नपाएको भन्दै मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका विद्यार्थीले विद्यालयमा तालाबन्दी समेत गरेका थिए । समयमा पाठ्यपुस्तक नहुँदा पुस्तक विनानै पढ्नुपर्ने विद्यार्थीको समस्या यो वर्ष पूर्णरुपमा हटेर गएको छ ।

विद्यालयमा भर्ना हुने वित्तिकै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफुहरुलाई पनि खुशी लागेको मालिकार्जुन माध्यमिक विद्यालयमा मिलमीलीका निमित्त प्रधानाध्यापक राम सिंह धामीको भनाई छ। ूविद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समय सम्म पुस्तक भएन भनेर गुनासो गर्थे हामीलाई पनि पढ्नपाढ्मा समस्या नै हुन्थ्यो यो बर्ष भर्ना भए संगै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा हामीलाई पनि खुशी लागेको छ ूउहाँले भन्नुभयो । कक्षा १ देखी १० सम्म उक्त विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्यनरत रहेका छन।

मंगलबार मात्रै विद्यालयमा भर्ना भएका १ सय ५० जना विद्यार्थीलाई पुस्तक वितरण गरिएको उहाँले बताउनुभयो । विद्यालयमा पढाइ सुरु हुने मितिदेखि नै झोलाभरी कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीहरुमा समेत पढाइप्रतिको उत्साह थपिएको छ ।

विगतका वर्षहरुमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै यो वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलव्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय