दार्चुला । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनमा दार्चुलाका २ वटा स्थानीय तह उकृष्ट १० भित्र परेका छन। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिपोर्टमा जिल्लाका २ वटा स्थानीय तह उकृष्ट १० भित्र परेका हुन । जिल्लाको माहाकाली नगरपालिका र नौगाड गाउँपालिका क्रमश दास्रो र तेस्रो स्थानमा रहेका छन।

रिपोर्ट अनुसार सुदुरपश्चिम प्रदेशमा बाजुराको पाण्डव गुफा गाउँपालिका ८२. ५ अंक सहित पहिलो स्थामा रहेको छ। दार्चुलाको माहाकाली नगरपालिका ८०.५ अंक सहित दोस्रो र ७४ संक सहित नौगाड गाउँपालिका तेस्रो स्थानमा रहेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले भने बजेट व्यवस्थापन तथा कार्यान्वयन गर्दा मनोमानी गरेको पाइएको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिपोर्टमा स्थानीयतहहरुले मनोमानी ढंगबाट बजेट कार्यान्वयन गरेको पाइएको हो ।

प्रक्रिया पुर्याएर खर्च भए नभएको बारे गरिएको मुल्याङ्कनका आधारमा मन्त्रालयले मुल्याङ्कन गरेको हो । समान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याकंन कार्यविधि २०७७’ जारी गरेको छ । सोही अनुसार स्थानीय तहमा भइरहेको वित्तीय व्यवस्थापन तथा जोखिमका बारेमा मल्याङ्कन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय