दार्चुला । दार्चुलामा मंगलबार आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएका जिल्लाको नौगाड गाउँपालिका घर भएका २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार भारतको चेन्नइबाट घर फर्केका नौगाड गाउँपालिका वडा नम्बर ३ का २० बर्षिय स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार मंगलबार सिमानाका पुलघाट क्षेत्रमा एन्टिजेन परीक्षण गर्दा २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना देखिएका पुरुषलाई होम आइसोलेसनमा बस्नेगरी घर पठाइएको छ । केही समय शुन्य रहेको कोरोना संक्रमण पुन अहिले दार्चुलामा समेत देखिन थालेको छ । दार्चुलामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सिमा नाकाहरुमा कडाई गरिएको छ।

नयाँ बर्ष तथा सुदुरपश्चिमिलीहरुको ठुलो चाँड विशुको लागी भारतका विभिन्न ठाउँमा रहेका नेपाली नागरिक घर फर्किने क्रम बढेको र भारतमा कोरोना संक्रमण पनि उच्च रहेकोले सिमा नाकामा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनुभयो ।

जिल्लामा केही दिन पहिले मात्रै ५५ वर्षमाथिका १३ हजार ४ सय ६३ जनालाई कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइएको थियो । कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय