दार्चुला । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले बोयर जातको बोका वितरण कार्यक्रममा अनियमितता गरेको आरोप लागेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार कृषकलाई बोयर जातको बोका वितरण गर्ने कार्यक्रममा अनियमितता भएको आरोप लागेको हो ।

कार्यलयले मिति २०७९ साल साउन ३१ गते प्रकाशन गरेको सूचनामा कृषक,कृषि समुह तथा कृषिफर्महरुलाई १०० प्रतिशित अनुदानमा प्रजन्नको लागी बोयर जातको बोका वितरण गर्ने भनेको छ। तर अहिले बोयर जातको बोका वितरण गर्दा सूचना विपरित ५० प्रतिशित कार्यालयको अनुदान र ५० प्रतिशित कृषक र कृर्षीफर्महरुबाट  पैसा लिएको पाइएको छ ।

स्वीकृत कार्यक्रम अनुसार जिल्ला भरि १४ वटा बोयर जातका बोका वितरणको लागी ७ लाख रुपया विनियोजन भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले भने, छनोट भएका कृषक तथा कृषि फर्महरुबाट आफैले निकालेको सूचना विपरित अनुदानको नाममा पैसा लिएको खुलेको छ।

एकातिर १४ बोकाको ठाउँमा १९ वटा बोका खरिद गरिएको छ, अर्काे तिर सस्तो मुल्यमा खरिद गरिएका बोकाहरु पनि कार्यालयले भने अनुसार नभएको कृषकहरुको भनाई छ। कार्यालयले सस्तोमा बोका खरिद गरि बढी देखाएर अनियमिता गरेको बाख्रा पालक कृषकले आरोप लगाएका छन।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले भने कार्यक्रममा कुनै अनियमितन नभएको बताउनुभएको छ। सुदुरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रदेश सरकारले नयाँ नियमावली बनाए पछि सोही अनुसार कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। “हामीलाई २०७९ साउन पहिलो, दोस्रो साता कार्यक्रम प्राप्त भएको हो । त्यो बेलाको कार्यविधि अनुसार हामीले सूचना प्रकाशन गरेका थियौ। पछि प्रदेश सरकारले नै कार्यविधि परिवर्तन गरि नयाँ नियमावली बनाए पछि सोही नियमावली अनुसार हामीले कृषकहरुलाई बोका वितरण गरेका हौ” उहाँलेभन्नुभयो ।

प्रदेश सरकारको नयाँ नियमावली अनुसार कृषक र कृषि फर्महरुलाई ५० प्रतिशत अनुदान र कृषि समुहलाई पुर्ण अनुदानमा बोयर जातको बोका वितरण गरिएको उहाँको भनाई छ। उहाँका अनुसार डोटीको जोरायत गाउँपालिका बाट १९ वटा बोयर जातका बोका खरिद गरिएको  बोकाको न्युनतम खरिद मुल्य ३६ हजार परेको छ । न्युनतम ३६ हजारकै दरले खरिद गरिएका १९ वटा बोकाको मुल्य ६ लाख ८४ हजार रहेको छ । त्यस बाहेक ५० प्रतिशत अनुदानमा १० वटा कृषक तथा कृषि फर्महरुलाई १५ हजारका दरले १० वटा बोका वितरण गरिएको छ। जसबाट १ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । कार्यक्रमको लागी प्रदेश सरकारबाट आएको ७ लाख र कृषक तथा कृषि फर्महरुबाट उठाएको १ लाख ५० हजार गरि ८ लाख ५० हजार रुपैँया बजेट भएको छ।

कार्याल प्रमुखका अनुसार भन, बोका खरिदमा ६ लाख ८४ हजार मात्रै खार्च भएको छ। यसमा ढुवानी लगायत अन्य खर्च भने जोडिएको छैन। बोका खरिद गर्दा देखीको यकिन खर्च कार्यलय संग भए पनि कर्मचारी विदामा रहेको अहिले उपलब्ध गराउन नसकिने कार्यालय प्रमुख खड्काको भनाई छ।

प्रदेश सरकारको ७ लाख बजेटमै पुरा भइरहेको उक्त कार्यक्रममा कार्यालयले अनियमितता गरेको कृषकहरुले आरोप लगाएका छन। भेटेरीनरी अस्पतालले वितरण गरेका बोकाको मुल्य पनि कृषि फर्म र कृषि समुह अनुसार छुट्टाछुट्टै रहेको छ । कृषक र कृषि फर्महरुलाई ३० हजारमा वितरण गरिएको बोका कृषि सहकारी संस्थालाई भने ५० हजार सम्मको भएको अस्पतालकै कर्मचारीले भनेको ब्रमराहु कृषक समुह शैल्यशिखर ४ का सञ्चालक भोज राज भट्टले बताउनुभयो ।कृषि फर्मलाई ३० हजार भनिएको बोकाको मुल्य कृषि समुहलाई ५० हजार बराबर भनिएको उहाँले भन्नुभयो ।

भेटेरीनरी अस्पताल दार्चुलाले वितरण गरिएका बोका ५० प्रतिशित बोयर जात रहेको भनेको तर आफुले पाएको बोका अस्पताले भने अनुसार नभएको कार्यक्रमका लागी छनोट भएका एक जना कृषकले भन्नुभयो । “हामीलाई त ५० प्रतिशत बोयर जातको भनेको हो तर २५प्रतिशत मात्र बोयर जातको जस्तो छ। ज्युदै  तौल लिदा  ३५ केजी मात्रै छ, बोका गतिलो त छैन अब अनुदानमा पाए पछि ल्याई हाले यो बेचेर अर्काे बोका किन्छु” उहाँले भन्नुभयो ।

त्यस्तै मालिकार्जुन मल्टिप्रपोज एग्रो फर्मका सन्चालकले  छनोटमा आफ्नो पनि नाम परेको तर आफुले अस्पताले दिएको अनुदानको बोका नबुझ्ने बताउनुभएको छ।

“मेरो पनि फर्म छनोटमा परेको छ, मैले पैसा पनि बुझाए तर पछी बोका जिल्लामा ल्याउदा कार्यालयले भने अनुसारको बोका नआएकाले  मैले बोका बुझेको छैन तिरेको पैसा फिर्ता गर्नुुस भनेको छु” उहाँले भन्नुभयो । कृषि फर्म तथा कृषकलाई ३० हजारमा वितरण गरिएको बाकाको मुल्य कृषि समुहलाई कार्यालयका कर्मचारी ५० हजारको बोका भनिरहेको उहाँले बताउनुभयो।” त्यही बोका कृषक र कृषि फर्महरुलाई १५ हजार अनुदानमा दिइदै छ, कषि समुहहरुलाई भने यो बोकाको मुल्य ५० हजार हो भन्दै छन । बोकाको मुल्य कती हो, त्यो जानकारी हामीलाई चाहिन्छ उहाँले भन्नुभयो । ५० हजारको बोका भए ५० प्रतिशत अनुदान भन्दै किन ३० हजारमा दिएको ?  ३० हजारको बोका हो भने कृषि समुहलाई किन ५० हजार भनेको ? “उहाँले प्रश्न गर्नुभयो ।

यसरी अनियमिता भएको बारे कार्यालय प्रमुख राम बहादुर खड्का संग कुरा गर्दा उहाँले स्पष्ट जवाफ दिनुभएन । तर प्रदेश सरकारको नियमावली अनुसार नै कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय