उमेश सिंह धामी, दार्चुला । दार्चुलामा असिनाले हिउँदे बाली र तरकारी खेतीमा क्षति भएको छ। सोमबार अपरान्ह परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा कृषकले लगाएको हिउदे बाली र तरकारी खेतीमा क्षति पुगेको हो ।

हिउद भरिको खडेरीले सुकेको हिउँदे बाली चैतमा परेको असिनाले सखाप भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का स्थानीय अमर सिह धामीले बताउनुभयो । “हिउद भरिको सुख्खा खडेरीले बाली उसै पनि हिउदे बाली सुकेको थियो, सिचाइ सुविधा भएका केही ठाउँमा बचेको बालीपनि असिनाले सखाप यार्यो” उहाँले भन्नुभयो ।

यो बर्ष हिउँदे बाली लगाएको समय देखी फागुन सहिना सम्म पानी नपर्दा जिल्लाका धेरै ठाउँमा हिउँदे बाली सुकीसकेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ। जिल्लाको धेरै जसो खेतीयोग्य जमिन सिचाइ सुविधा विहिन रहेको छ। सिचाइ सुविधा भएका केही ठाउँमा बचेको हिउँदे खेती समेत असिनाले सखाप पारेपछि कृषकहरु भोकमरीको चिन्तामा परेका छन।

बाली पाक्ने बेलामा परेको असिनाले गहुबाली सखाप भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय हर सिंह धामीले बताउनुभयो । जिल्लामा पाँच हजार ९ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका थिएन्न, भने छरेका ठाउँमा पनि खडेरी र असिनाका कारण बालीनाली सखाप भएको छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्। वर्षे बालीमा समेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरी र असिनाले सखाप भएकोले किसान समस्यामा परेका छन। गतवर्ष दार्चुलामा १४ हजार एक सय तीन मेक्ट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेको र असिनाले गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय