दार्चुला । भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको नयाँ बस्तीबाट चरेससहित प्रहरीले २ जना नेपालीलाई पक्राउ गरेको छ ।

सोमबार बेलुकी ७ बजेतिर करिब पौने ४ किलोग्राम चरेससहित उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले नेपालीलाई पक्राउ गरेको हो ।

 

चरेससहित पक्राउ पर्नेमा महाकाली नगरपालिका ६ पौनेखोलाका ३० वर्षीय उमेशबहादुर पाल र दुहु गाउँपालिका १ पिपौलचौरीका २६ वर्षीय रवि कुँवरलाई ३ किलो ६८० ग्राम चरेशसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेस दार्चुला नाकाबाटै भारत लगिएको आशंका गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ गरिएको खबरपछि खलंगास्थित सीमा नाकाको जाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय