दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा रहेको कृष्ण स्नातक क्याम्पस लालीमा आज भएको स्ववियु निर्वाचना नेकपा एमाले निकटको अनेरास्ववियु र माओवादी केन्द्र निकटको अखिक क्रान्तीकारी विद्यार्थी संगठन प्यानल सहित विजयी भएको छ । कृष्ण स्नातक क्याम्पस लालीमा गठबन्धनका साझा उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतीमा निर्वाचित हुनुभएको छ ।

उहाँले कुल खसेको मत ६९ मध्ये ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका विनोद टमटाले ३२ मत प्राप्त गर्नुभएको थियो।

लाली क्याम्पसको स्ववियु सचिवमा गठबन्धनकै जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी हुनुभएको, भने सदस्यहरुमा गठबन्धनकै राधा जोशी र इश्वरी जोशी निर्वाचित हुनुभएको छ। क्याम्पसको स्ववियु सदस्यमा यस अघि नै ज्योती पाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय