दार्चुला । दार्चुलामा स्ववियु निर्वाचन भएका ४ वटा क्याम्पस मध्ये ३ क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठन विजयी भएको छ । आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दार्चुलाका ३ वटा क्याम्पसमा गठबन्धन विजयी भएको हो । स्ववियु निर्वाचन भएका कृष्ण स्नातक क्याम्पस लाली , शंकरपुर क्याम्पस पस्ती र लटिनाथ क्याम्पस मार्मामा अनेरास्ववियु र अखिल क्रान्तिकारी विजयी भएको हो ।

निर्वाचन भएका ४ वटा क्याम्पस मध्ये कृष्ण स्नातक क्याम्पस लालीमा गठबन्धनका साझा उम्मेदवार हेमन्ती जोशी स्ववियु अध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँले कुल खसेको मत ६९ मध्ये ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका विनोद टमटाले ३२ मत प्राप्त गर्नुभएको थियो।

लाली क्याम्पसको स्ववियु सचिवमा गठबन्धनकै जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी हुनुभएको, भने सदस्यहरुमा गठबन्धनकै राधा जोशी र इश्वरी जोशी निर्वाचित हुनुभएको छ।

त्यस्तै लटिनाथ क्याम्पस मार्मामा अखिल क्रान्तिकारीका जगदिश सिंह कोट्टारि ४४ मत सहित बिजयी हुनु भएको छ । उहाका प्रतिस्पर्धी नेबिसंघका जनक बिष्टले ३२ मत पाउनु भएको थियो । सचिवमा गठबन्धनका सुनिल प्रसाद जोशी ५७ मत सहित विजयी हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा गठबन्धनकै अरुणा धामी, सदस्यहरुमा शंकर सिंह डडाल, झरना ठगुना, र कविता विष्ट विजयी हुनुभएको छ। ।

शंकरपुर क्याम्पस पस्तिमा अनेरास्ववियुका कबिता अवस्थी सभापतिमा निर्वाचित हुनु भएको छ ।

जिल्लाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै स्ववियू सर्वसम्मत गठन गरिएको थियो । बुधवार मनोनयन दर्ताको दिन तीन विद्यार्थी संगठनको समझदारीमा स्ववियू सर्वसम्मत गठन गरिएको हो । गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को नेतृत्वमा स्ववियु गठन गरिएको थियो। उक्त क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नविन विष्ट, सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट चयन भएका छन् ।

यस्तै सदस्यमा नेविसंघका गोबिन्द सिंह डाँगा, अनेरास्ववियु क्रान्तिकारीका हसिला चन्द, अनेरास्ववियुका रुद्र सिंह विष्ट, केशव दत्त जोशी, मनिसा साउँद र लक्ष्मी जोशी सर्वसम्मत चयन भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय