उमेश धामी, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले गाउँपालिका भरिका कृषकलाई ओखर र किविका बिरुवा वितरण गरेको छ। नौगाड गाउँपालिका र कृषि ज्ञान केन्द्र दार्चुलाको साझेदारीमा ८५ प्रतिशत अनुदानमा किवि र टर्किबाट आयतित ओखरका कलमी बिरुवा वितरण गरेको हो ।

गाउँपालिका भरिका ५ सय जना कृषकलाई टर्किबाट आयातित २ हजार कलमी ओखर र गाउँपालिकाको विभिन्न ठाउँका नर्सरीमा उत्पादन गरिएको २४ सय वटा किविका विरुवा वितरण गरिएको नौगाड गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

किबि र ओखरमा नौगाड गाउपालिका र कृषि ज्ञान केन्द्र दार्चुलाको ७(७ लाख रुपैया साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका कृषकहरुलाई कृषि पेशामा थप आकर्षित गर्नको लागी गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको धामीले जानकारी दिनुभयो ।

कृषकको माग अनुसार गाउँपालिका र कृषि ज्ञान केन्द्र दार्चुलाको सहकार्यमा टर्किबाट आयातित २ हजार ओखरका कलमी विरुवा वितरण गरिएका छन, भने गाउँपालिकाको विभिन्न वडाको नर्सरीमा उत्पादन भएका किवि खेती विस्तार कार्यक्रम अन्तर्गत गाउँपालिका भरिका कृषकहरुलाई करिब २४ सय किविका बिरुवा कृषकहरुको माग अनुसार वितरण गरिएका छन ।

व्यावसायिक कृषि खेतीमा लागेका कृषकहरुलाई प्रोत्साहन र परिक्षणको लागि उक्त कार्यक्रम सञ्चालन गाउँपालिकाले जनाएको छ। अहिले नौगाड गाउपालिकामा व्यावसायिक रुपमा फलफुल र तरकारी खेती गर्ने तथा ,भेडाबाख्रा पालन गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ ।

निर्वाहमुखी कृषि प्रणालीलाई त्यागेर व्यावसायिक कृषि तर्फ उजागर गर्नको लागी गाउँपालिका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय