दार्चुला । दार्चुलामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ३६ बर्षिय पुरुष पक्राउ परेका छन ।

जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरी बस्ने वर्ष ३६ का इन्द्रबहादुर बमलाई १९ वर्षीया युवतीलार्ई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

फागुन २६ गते राति घरमै आएर युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई फागुन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी जगतगाहा मगरले जानकारी दिनुभएको छ। पक्राउ परेका बममाथी अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थपगरी अनसन्धान भइहरेको प्रहरी निरिक्षक मगरले जानकारी दिनुभयो । आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत दर्ता गरिएको छ ।

१९ वर्षिया युवतीको घरमा कोही नभएको बेला आरोपितले रातिको समयमा घरमै गएर जबरजस्ती करणी गरेको पिडित पक्षले बताएका छन । पीडित युवतीको जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय