दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पछि हुनेछ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ  । हिजो युएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नेपाल आइसीसी पुरुष विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ।

नेपालले ३४ खेलबाट ३६ अङ्क प्राप्त गरेको छ  । नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीवार युएईलाई हराउन सके ४० अङ्कका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।

पीएनजी भने ११ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ । युएई ३१ अङ्कका साथ छैठौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय