सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटना हुँदा ज्यान गुमाएका छ जनामध्ये तीन जनाको सनाखत भएको छ ।

दुर्घटनामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० राजकुमार सिलवालले जानकारी दिनुभयो । अन्य तीन जना मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटना घाइते भएका १६ जनालाई उपचारका लागि काठमाण्डौ लगिएको एसपी सिलवालले जानकारी दिनुभयो । सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।

ओखलढुङ्गाबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज आइतवार बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु रहेका थिए । बसको ब्रेक फेल भई अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय