दार्चुला । यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाम फिर्ता लिने समय दिउँसो १ देखि ४ बजेसम्मको थियो । कुनै पनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय