उमेश सिंह धामी, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण कार्य अलपत्र परेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा बजेट विनियोजन गरि निर्माण सुरु गरेको विद्यालयको २ कोठे भवन निर्माण अलपत्र परेको हो ।

नगरपालिकाले विद्यालय भवन निर्माणको लागी ६ लाख ५० हजार रुपैया विनियोजन गरेको थियो । सम्झौता रकम अनुसारको निमार्ण कार्य भएको र बजेट सकिए पछि भवन निर्माण कार्य पुरा हुन नसकेको विद्यालयका प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिती मार्फत नै निर्माण गर्ने सम्झौता भएको विद्यालय भवन नगरपालिकाले थप बजेटको व्यवस्था नगरे पछि निर्माण कार्य अलपत्र परेको हो । २०४० सालमा स्थापनमा भएको उक्त विद्यालयमा अहिले १० कक्षा सम्मको पढाइ हुने गरेको छ, भने २ सय १५ जना विद्यार्थी अध्यनरत रहेका छन ।

भवन निर्माण नहँुदा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ । करिब २ बर्ष अगाडी २ काठे भवनको छत ढलान गरिएको र बजेट सकिए पछि बाँकि निर्माण कार्य गर्न नसकेको तत्कालीन विद्यालय व्यवथापन समिती अध्यक्ष राम सिंह खत्रीले बताउनुभयो ।

विद्यालय भवन निर्माणको लागी बजेटको व्यवस्था गरिदिन पटक पटक नगरपालिकालाई आग्रह गर्दा पनि नगरपालिकाले बजेट अभाव रहेको भन्दै बजेट उपलब्ध नगराएको उहाँले बताउनुभयो । विद्यालयमा रहेका अन्य भवन पनि जिर्ण रहेका छन।

अहिले जिर्ण भवनमै एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय