निरज धामी

दार्चुला,

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ७ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको अनेरास्वबियुका केन्द्रीय सदस्य भरत सिह धामी लिपुलेकले जानकारी दिए ।

लिपुलेकका अनुसार सुदुरपश्चिमाञ्चल विश्वबिद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्वबियुले नेतृत्व गर्ने भएको छ । यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहतका शंकरपुर स्नातक क्याम्पस,  कृष्ण  स्नातक क्याम्पस लाली  र राष्ट्रिय स्नातक क्याम्पस दत्तुमा अनेरास्ववियुले नेतृत्व गर्नेछ ।

त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको लटिनाथ स्नातक क्याम्पस लटिनाथ र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व गर्नेछ ।

सहमति अनुसार दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापति सहित कोषाध्यक्ष र दुई जना सदस्य पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले सचिव सहित ३ जना सदस्य पाउने छ। त्यस्तै गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले सभापति सहित २ जना सदस्य पाउने छ भने अनेरास्ववियुले सचिव कोषाध्यक्ष र ३ जना सदस्य पाउने छ ।  कृष्ण स्नातक क्याम्पसमा अनेरास्ववियुले सभापति कोषाध्यक्ष र २ जना सदस्य पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले सचिव र १ जना सदस्य पाउने छ । शंकरपुर स्नातक क्याम्पसमा अनेरास्ववियुले सभापति, सचिव र २ जना सदस्य पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले कोषाध्यक्ष र १ जना सदस्य पाउने छ। राष्ट्रिय स्नातक क्याम्पसमा अनेरास्ववियुले सभापति सचिव र २ जना सदस्य पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले कोषाध्यक्ष र १ जना सदस्य पाउने छ। त्यस्तै लटिनाथ स्नातक क्याम्पस मार्मामा सभापति कोषाध्यक्ष र २ जना सदस्य अनेरास्ववियु क्रान्तिकारीले पाउने छ भने अनेरास्ववियुले सचिव र १ जना सदस्य पाउने छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अपिनाम्पा स्नातक क्याम्पसको स्ववियु निर्वाचन भने विद्यार्थी भर्ना कार्य सम्पन्न नहुदा सम्म निर्वाचन स्थगित गराउने अनेरास्ववियु क्रान्तिकारीलका सचिवालय सदस्य धन सिह धामीले बताए ।
संगठनको अवस्था अनुसार सिटहरु बाँडफाँड गरिएको अनेरास्ववियुका जिल्ला सचिव नरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय