दार्चुला । बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको छ । क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरित गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले बिहीवार क्याम्पसमा ताला लगाएको हो ।
क्याम्पस प्रशासनले नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकार बाट बञ्चित गराउने निर्णय गरेकोले सो निर्णयका विरुद्ध अनेरास्वयु र अखिल क्रानिकारी आन्दोलनमा उत्रिएको अखिलक्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले बताउनुभयो । पटक पटक निर्णय सच्च्याउन माग गरिएपनि क्याम्पस प्रशासनले नसुनेपछि बाध्य भएर तालाबन्दरुी गर्नेु परेको उहाँले बताउनुभयो ।
क्याम्पसको निर्णयले ७० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित भइरहेका संगठनहरुको भनाई छ । पठनपाठनमा अवरोध नहुने गरि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका सेटिगाउँ क्याम्पस कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले बताउनुभयो। त्रिभुवन विश्व बिधालयको निर्देशिका विपरित नियमित रुपमा क्याम्पसमा आउने विद्यार्थीहरुलाइ निर्वाचनमा सामेल हुन नपाउने र आफ्नो मत खसाल्न नपाउने गरि गरिएको षड्यन्त्र मान्य नहुने अनेरास्ववियु सेटिगाउँ क्याम्पस कमिटि कार्यबाहक अध्यक्ष बिरहादुर नाथले बताउनुभयो ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले क्याम्पस प्रशासन लाई ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरेकाले माग पुरा नभए सम्म तालाबन्दी नखुल्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । चैत्र ५ गते देश भरिका त्रीबि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचनको लागि कार्यतालिका सार्बजनिक भएको छ । तर सेटिगाउँ बहुमुखी क्याम्पस लफडा हुन थालेको छ ।