दार्चुला । दार्चुलामा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पार्कीले महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय