दार्चुला । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार देशको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

अर्थमन्त्री पौडेलले देशभित्र नै उत्पादन वृद्धि,रोजगारी सिर्जना,राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भए पनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले  वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि देशको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको पनि बताउनुभयो । उहाँले सरकारले देशको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवर्द्धन,रोजगारी सिर्जना,उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गर्नुभयो । उहाँले विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता बढ्दै गएको बताउनुभयो । उहाँले वर्ततमा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरु परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताउनुभयो । उहाँले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको बताउनुभयो । उहाँले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको बताउनुभयो । उहाँले साझा कार्यक्रम कार्यान्वयनको चालु आर्थिक वर्षभित्र नै कार्यान्वयन गर्न सम्भव नभएको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा देश आर्थिक सामथ्र्यमा कार्यान्वयन गर्न सम्भव नभएकाले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको समय सीमा ५ वर्षको रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरुको सहकार्य पाँच वर्षका लागि भएको बताउनुभयो । उहाँले पाँच वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतिहरु पनि सामना गरी अर्थतन्त्रलाई सवल तुल्याएरै छोड्ने दाबी गर्नुभयो । उहाँले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम समावेश गरेका कार्यक्रमलाई सरकारले कार्यान्वयन गर्ने सामथ्र्य आर्जन गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय