रुसले युक्रेनमाथि ठूलो हवाई हमलाको तयारी गरेको नाटोले दावी गरेको छ ।

युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्नै लाग्दा रुसले कस्तो खाले प्रतिक्रिया गर्ला भन्ने कौतुहलकाबीच नाटोले हवाई हमलाको आशंका गरेको हो । युक्रेनी सीमा क्षेत्र नजिक रुसले ठूलो संख्यामा लडाकु विमान र हेलिकोप्टरहरु तैनाथ गरेको दावी गर्दै नाटोको जासुसी संयन्त्रले आक्रमणको आशंका गरेको हो ।

अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले ब्रसेल्सस्थित नाटो मुुख्यालयमा बोल्दै युक्रेनको हवाई सुरक्षा बलियो नभएकाले रुसले त्यसलाई झन क्षत(विक्षत पार्न चाहेको बताउनुभयो । रुसँग प्रयाप्त मात्रामा विमानहरु रहेको भन्दै अस्टिनले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नाटोको जासुसी संयन्त्रका अनुसार रुसले सीमा क्षेत्रलाई आधार बनाएर युक्रेनमाथि हवाई हमलाको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय