दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पहिलो पटक सूचना प्रविधिको प्रयोग गर्दै विद्युतिय माध्यमबाट आर्थिक कारोबार इएफटी सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले प्रविधिको प्रयोग गर्दै विद्युतिय माध्यमबाट आर्थिक कारोबार  सुरु गरेको हो ।

इएफटी सेवा संचालनमा आएसंगै सेवा चुस्त दुरुस्त, विश्वश्निय संगै छिटोछरितो र प्रभावकारी हुने गाउँपालिकाका लेखा प्रमुख पुस्कर सिह बिष्टले जानकारी दिनुभयो ।
इएफटी सेवा संचालनमा आए संगै गाउँपालिकाको आर्थिक कारोबार चेक रहित हुने मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामीले बताउनुभयो । इएफटी सेवा संचालनमा ल्याए पछि सेवाग्राहिलाई थप सुबिधा हुने गाउँपालिका उपाध्यक्ष कल्यान सिह धामीको भनाई छ ।

इएफटी सेवा संचालनमा ल्याएसंगै सेवाग्राहिलाई रकम जम्मा गर्न बैंक जान नपर्ने भएको छ। सेवालाई थप प्रभावकारी बनाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय