दार्चुला । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा बाघले १० वटा बाख्रा मारेको छ । बाघले अस्ति बिहीवार दिउँसो स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेको हो ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ को नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएको विष्टले बताउनु भयो । विष्टको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

झन्डै १२ वर्ष भारतमा रोजगारी गरेर फर्कनु भएका विष्टले २२ वटा बाख्रा पाल्दै आउनु भएको थियो । बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका विष्ट चिन्तामा पर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय