दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत श्रमको सम्मान, राष्ट्रको अभियान सम्बन्धि अभिमुखिकरण (शुक्रबार) आज बाट सुरु भएको छ। श्रमको सम्मान, राष्ट्रको अभियान न्युनतम रोजगार, नागरिकको अधिकार, भन्ने नारा सहित नगरपालिकाको वडा नम्बर १ गोकुलेश्वरबाट कार्यक्रमको सुरुवात गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, सेवाग्राही सम्म प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रकृतिको आधारमा कसरी पुर्याउने, श्रम तथा श्रमिकलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन गरी सबै श्रमिकलाई सम्मानजनक व्यवहार गर्ने, १०० दिने रोजगारी सृजना सम्बन्धमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेका गतिविधिको बारेमा जानकारी गराइने शैल्यशिखर नगरपालिकाका रोजगार संयोजक तेजराज तिमिल्सिना जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत आज नगरपालिकाको वडा नम्बर १ मा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय निर्देशक समिती, नागरिक समाज र १८ देखी ५९ बर्षका बेरोजगार नागरिक बिच एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। नगरपालिकाका सबै वडामा यो कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो ।

भोली (शनिबार) नगरपालिकाको वडा नम्बर २ मा कार्यक्रम सञ्चालन हुने तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय