दार्चुला ।दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरदेखि शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज जोड्ने गोकुलेश्वर–झरकडा–पनेबाँज सडकको निर्माण कार्य ५५ प्रतिशत पुरा भएको छ ।

गत आर्थिक वर्ष २०७७÷०७८ को देखि निर्माण कार्य थालिएको उक्त सडकको हाल सम्म ५५ प्रतिशत निर्माण कार्य पुरा भएको निर्माण कम्पनीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको उक्त सडकमा प्रदेश सरकारको ३८ करोड बजेट लगानी रहेको छ । यो सडक अगामी बर्ष २०८० भित्र निर्माण गरिसक्नु पर्ने छ। गोकुलेश्वरदेखि पनेबाँजसम्मको १७ किलोमिटर ५ सय मिटर सडक २०८० सालभित्र कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी के एस कन्सटक्सनका इन्जिनियर बब्लु राइमोसले जानकारी दिनुभयो ।

अहिले सम्म १० किलोमिटर सडक कालोपत्रे गरिएको पनि उहाँले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरदेखि पनेबाँज जोड्ने सडक कालोपत्रे भएपछि शैल्यशिखरको वडा नम्बर ६, ७, ८ र ९ का गोकुलेश्वर, देवल, तल्चौरा, मल्चौरा, झरकडा, बोहोरीगाउँ, बिराली पोखरा, बन्तोली मौरभिटा, पनेबाज लगायत झण्डै एक दर्जन वस्तीका नागरिकले गाउँबाटै सहज यातायात सेवा पाउने छन् ।

केएश कन्सटक्सनले निर्माणको जिम्मा पाएको यो सडकमा करिब ढेड किलोमिटर सडक ट्रयाक खुलाउन बाकि रहेको छ। ट्र्याक खुलाउन बाकी रहेको ठाउँमा केही दिन भित्रै ट्र्याक खुलानको लागी हुने हुने उहाँले बताउनुभयो ।

गोकुलेश्वर–झरकडा–पनेबाँज सडक निर्माण कार्य पूरा भएपछि यस क्षेत्रका स्थानीयको आयआर्जनमा परिवर्तन हुने सर्वसाधारणले अपेक्षा गरेका छन् ।

कालोपत्रे भएपछि प्रदेश राजधानीबाट छिमेकी जिल्ला बैतडी हुँदै दार्चुला सदरमुकाम खलंगा पुग्नसमेत यो सडकको दुरी हाल सञ्चालनमा रहेको महाकाली लोकमार्ग भन्दा कम हुन्छ ।

स्थानीयलाई यसै सडकमार्फत मालिकार्जुन, लटिनाथ लगायत धार्मिक स्थलमा आवतजावत गर्न समेत सहज हुने छ । गाउँ–गाउँमा सडक पुगेपछि दुर्गम भनिएका ठाउँ सुगम बन्ने र बसाइसराईको क्रम पनि रोकिने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय