दार्चुला । दार्चुलाको महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ।

महाकाली नगरपालिका–२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिका–४ रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब चार सय मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पु¥याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय