दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तीम चरणमा पुगेको छ। ७ करोड ५१ लाखको लागतमा निर्माण भईरहेको गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य अन्तीम चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

२०७८ साल असारमा ए एम कन्सट्रक्सन कम्पनी प्रा ली ललितपुर संग गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागी ५ करोड २२ लाख ८६ हजार रुपैयामा सम्झौता भएको निमित्त प्रमुख प्रसासकिय अधिकृत राम कुमार रानाले बताउनुभयोे ।

२ बर्ष भित्र निर्माण सक्ने गरि उक्त कम्पनी संग गाउँपालिकाको प्रशासकीय भवन निर्माणको सम्झौता भएको थियो । हाल सम्म भवनको करिब ८५ प्रतिशत निर्माण कार्य सकिएको प्राविधिक शाखा प्रमुख बिक्रम जोशीले  बताउनुभयो । २०८० जेठ सम्म गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सक्ने लक्ष्य अनुसार काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर २ मा निर्माण भइरहेको प्रशासकीय भवन सञ्चालन भए सेवा प्रवाहमा सहजता हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय