दार्चुला । देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणालीको प्रभाव पर्सिसम्म नै पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यसपालिको हिउँदमा अहिलेसम्म पानी परेको छैन । यसले सुक्खापन बढाएको छ भने हिउँदो कृषि बालीमा पनि असर परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय