दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा चौलानी नदिमा भेट्टिएको शवको पहिचान भएको छ। हिजो शनिबार दिउसो शैल्यशिखर नगरपालिका भवनको पछाडी चौलानी नदि किनारमा महिलाको शव फेला परेको थियो ।

हिजो फेला परेको शव शैल्यशिखर नगरपालिका वडा नम्बर २ तौकी बस्ने माधव भट्टकी श्रीमती २२ बर्षिया धनमती भट्ट को रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो।

अहिले शव परिक्षणको लागी गोकुलेश्वर अस्पतालमा राखिएको र घट्नाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घट्ना बारे थप अनुसन्धान भइरहेको र अहिले नै केही भन्न सकिने अवस्था नरहेको प्रहरी निरिक्षक थापाको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय