दार्चुला । दार्चुालाको गोकुलेश्वरमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा चौलानी नदिको किनारमा अन्दाजी २४ – २५ बर्षिया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रहरी निरिक्षक विरेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

नगरपालिका भवनको पछाडी नदि किनारमा शव फेला परेको र पहिचान हुन नसकेको उहाँले बताउनुभयो । शव नदिमा बग्दै आएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले घट्ना स्थलमा प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय