दार्चुला । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ। जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनलमा सुदुरपश्चिम र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ।

फाइनल खेल दिउँसो १२ बजे सुरु हुनेछ। दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ। प्रदेश–१ ले दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

सुदुरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १८१ रनले हराएर फाइनलमा स्थान बनाएको हो। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय