दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले दलहन खेती प्रवद्धनको लागी दालबाली बजार प्रबद्धन कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्र उत्पादन भएको दालको बजारिकरणको लागी गाउँपालिकाले दालबाली बजार प्रवद्धन कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका कृषकले उत्पादन गरेको दालबालीको बजारिकरणको लागी गाउँपालिकाको पशु तथा कृषि विकास शाखाले उक्त कार्यक्रम सञ्चालन गरिहरहेको गाउँपालिकाका पशु तथा कृषि शाखा प्रमुख प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत गाउँपालिकाको कृुषि शाखाले ढुवानी, ब्रान्डिङ, प्याकेजिङ र अन्य सामानमा अनुदान रकम विनियोजन गरेको उहाँले बताउनुभयो । बजारिकरणको लागी आवश्यक पर्ने दाल तौलिने तराजु, बोरा, र ढुवानी गरेवाफत ढुवानीमा अनुदान उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिका भित्र दालबाली राम्रो उत्पादन हुने भएकोले कृषकलाई दलहन खेती तर्फ आकर्षित गर्न र कृषकले उत्पादन गरेको दालको उचित बजारिकरणको लागी कार्यक्रम सञ्चालन गरिएको कृषि शाखा प्रमुख धामीले बताउनुभयो ।

“गाउँपालिका भित्र धेरै प्रकारका दालबाली उत्पादन हुन्छन, तर बजारिकरणको अभाव र ढुवानी समस्याको कारणले बजार सम्म पुग्न नसक्ने भएकाले यो कार्यक्रम सन्चालन गरिएको हो” उहाँले भन्नुभयो ।

बजारमा पाइने दाल भन्दा गाउँघरको स्थानीय दालबालीमा पौस्टिक तत्व बढी पाईने, स्वस्थ, गुणस्तरिय र फाइदाजनक हुने तथा विषादी प्रयोग नगरिएको हुनाले स्थानीय स्तरमा उत्पादित दाल राम्रो हुने उहाँले बताउनुभयो ।

गाउँपालिका भित्र उत्पादन भएको दाल जिल्ला भित्र र जिल्ला बाहिरका बजारमा पठाउने तयारी भइरहेको छ ।

अहिले गाउँपालिकामा उत्पालन भएको दाल नौगाड गाउँपालिका वडा नम्बर ६ मा रहेको समैजी कृषि बहुउद्देश्यीय सहकारी संस्था र नौगाड गाउँपालिका वडा नम्बर २ मा रहेको जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाले संकलन गरिरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय