दार्चुला । दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र व्यासको छाङरु गाउँ नजिकै कौवा क्षेत्रमा आगलागी भएको छ। पुस १४ गते भएको आगलागीबाट सयौं रुख जलेका छन् भने ज्याक्ति भन्ने स्थानमा रहेको नेपाल टेलिकमको लिंक टावर बन्द भएको छ। मोबाइल टावर कौवाक्षेत्रको वनमा नोक्सानी भएको उक्त आगलागीको कारण दुई हप्तासम्म खुलेको छैन।

हिमपात र अत्यधिक चिसोका कारण व्यासका स्थानीय वासिन्दा सदरमुकाम झरिसकेका छन्। स्थानीय वासिन्दा नभएको बेला भएको आगलागी कसले र किन ग¥यो भन्ने प्रश्न उठेको छ। अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्र छ। सुरक्षाकर्मीको टोली व्यासमै रहेको बेला भएको आगलागीले व्यासका स्थानीयमा शंका उब्जिएको छ। छाङरु गाउँबाट ३ किलोमिटरको दूरीमा अवस्थित कौवाक्षेत्रको बसुन्धरा जंगलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट केही रुख र झाडी जलेको छ भने टेलिकमको लिंक टावरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।

कौवाक्षेत्रमा भएको आगलागी भोलिपल्टै नियन्त्रणमा लिइएको छाङरुस्थित सशस्त्र प्रहरी बलको ५१ नम्बर गुल्मका गुल्मपति डिएसपी ईश्वरीदत्त भट्टले बताए। शुरुमा टेलिकमको टावरमा राखिएको सौर्य उर्जा प्रणालीमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरी र सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय