दार्चुला । सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक भएको निर्वाचनमाबाट सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी मंगलबार बिहान भएको निर्वाचनमाबाट सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँ गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको निर्वाचनमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेर भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा भने २३ मत खसेको थियो ।

यसअघि भएको निर्वाचनमा रावललाई सभामुख पदको पक्षमा २० र विपक्षमा २८ मत खसेको थियो । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उहाँ सभामुखमा निर्वाचित हुनु भएको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाउनुभएको छ । गत पुस २८ र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र नेकपा एमालेका एक–एक जना सांसद अनुपस्थित र एक मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन् ।

पुस ३० गते भएको निर्वाचन नागरिक उन्मुक्ति तटस्थ बसेको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिनुभएपछि भण्डारी मंगलबार सभामुखमा निर्वाचित हुनुभएको हो । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय