दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा रहेको गोगाड आधारभुत विद्यालय मल्लाथला शिक्षक अभावमा बन्द भएको छ । विद्यालयमा कार्यरत १ जना शिक्षकको नगरपालिकाले सरुवा गरेपछि विद्यालय बन्द भएको हो ।

विद्यालयमा १ जना मात्रै शिक्षक कार्यरत रहेका र एक जना शिक्षक पनि शैल्यशिखर नगरपालिकाले वडा नम्बर १ कै मालिकार्जुन आधारभुत विद्यालय थलामा सरुवा भएपछि विद्यालय बन्द गर्नुपरेको स्थानीय तथा विद्यालयका संस्थापक हर्क बहादुर खडायतले जानकारी दिनुभयो । कक्षा १ देखि ३ सम्मको पढाई हुने उक्त विद्यालयमा २१ जना विद्यार्थी अध्यनरत रहेका छन।

विद्यालयमा भएका १ जना शिक्षक पनि सरुवा भए पछि विद्यालयमा ताला लगाउनु परेको स्थानीय खडायतले बताउनुभयो । नगरपालिकाले नयाँ शिक्षको व्यवस्था नगरेरै भएका १ जना शिक्षक पनि सरुवा गरेपछि विद्यालय बन्द भएको उहाँले बताउनुभयो । राहात दरबन्दीमा कार्यरत रहेका एक जना शिक्षकको सरुवा भएको र नगरपालिकाले शिक्षकको व्यवस्था नगर्दा विद्यार्थीको पठन पाठनमा समस्या भएको उहाँले बताउनुभयो ।

यो विषमा वडा नम्बर १ का वडा सदस्य रमेश बोहाराले भन,े नगर शिक्षको लागी दरबन्दी आह्वान गरि विद्यापन खोलेको र दरखास्त नपरेकोले समस्या भएको बताउनुभएको छ । विद्यालयमा कार्यरत एक जना शिक्षक सरुवा भएको र उक्त विद्यालयमा शिक्षक दरबन्दी नरहेको उहाँले बताउनुभयो । हाल विद्यालयमा राहात कोटामा रहेका एक शिक्षिकाको सरुवा भएको र विद्यालयमा नयाँ नगर शिक्षक भर्ना गर्न विज्ञापन खोलेको उहाँले बताउनुभयो ।

उक्त विद्यालयको लागी १ जना बालविकास सहयोगी र एक जना नगर शिक्षको लागी विज्ञापन खोलेको उहाँले बताउनुभयो । बालविकास सहयोगीको लागी ४ जनाको दरखास्त परेको र नगर शिक्षक पदमा कसैले दरखास्त नदिएको वडा सदस्य बोहराले बताउनुभयो । वडा सदस्य बोहराले भने उक्त विद्यालयमा ५—६ जना मात्रै विद्यार्थी रहेको बताउनुभएको छ। यो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय