दार्चुला । विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको खेलमा काठमाण्डौ नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो ।

विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो । काठमाण्डौका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुईरदुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाण्डौका अनिल खरेल र कमलसिंह ऐरीले दुईरदुई तथा अभिनाश बोहरा, गौतम केसीले एकरएक विकेट लिए ।

विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि मङ्गलवार जनकपुर रोयल्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई छ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले ५५ लाख, उपविजेताले ३० लाख तेस्रो हुने टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय