दार्चुला । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ। स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ।

उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए। मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय