दार्चुला । नेपाल टी–२० क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ।

लुम्बिनीको १० खेलमा १६ अंक र समान खेलमा जनकपुरको १४ अंक छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भोलि हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा पुग्न खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय