दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ मा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका १० बर्षीय दिपेन्द्र बिष्टको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गएको बिहीबार व्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित अस्थायी तुइनबाट खसेर बेपत्ता भएका बिष्टको खाजी भइरहेको हो ।

बिष्टकी आमा घाँस काट्नका लागि तुइन तरेर भारततिर गएका बेला उनकै पछि लागेर गएका १० बर्षीय बिष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । प्रहरीलाई भने घटनाका बिषयमा आइतबार मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए । उनले भने ‘पीडित पक्षले पनि खबर नगर्दा हामीलाई ढिलो जानकारी प्राप्त भयो । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीका लागि खटिएको छ ।’

महाकालीमा बेपत्ता भएका बिष्टको खोजीका लागि सुनसेरा प्रहरीचौकीबाट प्रहरीको टोली खटाइएको छ । तर अहिले सम्म बिष्ट फेला परेका छैनन् ।

स्थानीयहरुले वारीपारी जानका लागि व्याँस गाउँपालिका ४ डोकटमा अस्थायी तुइन निर्माण गरेका छन् । तुइनबाट बर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनुपरेपनि राज्यको ध्यान भने जान सकेको छैन् । तुइन विस्थापित गरेको दाबी गर्ने सरकारले यस्ता घटनालाई कहिले ध्यान नदिएको स्थानीयहरुको गुनासो रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय